Home Press release of Karnali photo journey
 
प्रेस विज्ञप्ति
परिचयः
    अनुपम प्राकृतिक साँस्कृतिक तथा सम्पदाको धनी राष्ट्र नेपाल पर्यटन सम्पदाको दृष्टिले विश्वमा अग्रणी मुलुकहरूमा पर्दछ। विभिन्न जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गम रहेको नेपाल कला, संस्कृति एवम् धार्मिक सद्भावका लागि एक उदाहरणीय राष्ट्र मानिन्छ। 
     
    यहाँका मूर्त, अमूर्त पुरातात्विक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र संस्कृतिलाई नेपालीहरुको भावना अनुकूल जगेर्ना गर्दै विश्वमा नेपाली संस्कृति र सभ्यताको प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास तथा साँस्कृतिक क्षेत्रको संरक्षण र प्रवर्द्धनबाट गर्न सकिने प्रशस्त सम्भावना एकातिर रहेको छ भने अर्कातिर पर्यटन उद्योगको विस्तारबाट राष्ट्रलाई विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि, गरिबी न्यूनिकरण र समग्र आर्थिक समुन्नतिका साथै आर्थिक क्षेत्रमा राम्रो छलाङ्ग मार्न समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ। पर्यटन उद्योगको प्रवर्द्धनबाट अन्तर्राष्ट्रिय रूपमा विश्व भाइचारा सम्बन्धको विकास पनि हुनसक्छ  भने पर्यटन विकासकै माध्यमबाट सन्तुलित एवम् समावेशी विकास हासिल हुनसक्ने र यसबाट कर्णालीजस्ता क्षेत्रको गरिबी न्यूनीकरणमा यथेष्ट योगदान पुर्‍याउन सकिने सम्भावना पनि उत्तिकै देखिन्छ।
 
    कर्णालीको भौगोलिक बनोट तथा वैकल्पिक यातायातको सुविधाको अपर्याप्तताका कारण कर्णालीमा पर्यटन क्षेत्रको विकास एवम् विस्तारका हुन सकिरहेको छैन्।  यसका लागि हवाई यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवम् व्यवस्थित बनाई स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्नु आवश्यक छ। साथै आन्तरिक पर्यटकहरूका लागि सरकारले पर्यटकीय सिजनका लागि कम्तीमा पाँच वर्षसम्मका लागि हवाई यातायातको विषेश प्याकेजको व्यवस्था गरी टिकट दरमा समेत सहुलियत प्रदान गर्न आवश्यक छ। जसबाट विभिन्न्न क्षेत्रका लगानी कर्त्ता, पर्यटन व्यवसायी, टुर अपरेटर, होटल व्यवस्थापन तथा पर्यटनका विद्यार्थीहरुलाई स्स्कसन, फिल्त भिजिट गर्नमा सघाउँ पुर्‍याउने छ। जस्ले गर्दा कर्णालीको आन्तरिक पर्यटन विकासमा महत्पूर्ण योगदान पुग्नेछ। जबसम्म आन्तरिक पर्यटक चाप बढ्दैन तबसम्म बाह्य पर्यटकहरूलाई पनि यसको सूचना अपुग हुन्छ।
 
कर्णालीः पर्यटन सम्भावनाको खानी
 
    कर्णालीको आभूषणको रूपमा रहेका से―फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रास्कोट, पञ्चदेवल, पचाल झरना आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुनसक्छन भने हुम्ला हिन्दू तथा बौद्धमार्गीहरु र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बन्नसक्छ।
 
    त्यसैगरी डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव वस्ती अपर डोल्पो भोट र मुगुको मुगु भोट पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै सम्भावना बोकेका ऐतिहासिक रमणीय स्थानका साथै अध्ययन गर्न चाहनेका लागि एक उत्कृष्ट गन्तब्य हुन सक्छन्। साँच्चिकै सरकारले कर्णाली पर्यटन विकासका लागि छुट्टै सरकारी स्तरिय कर्णाली पर्यटन बिकास समिति संयन्त्रको मात्र विकास गर्ने हो र त्यो निकायले तन मनका साथ काम गर्ने र धरातली यथार्थमा आधारित भएर योजना बनाउने हो भने हुम्लाको लिमी र मुगुको करानक्षेत्र अर्को मनाङ, मुस्ताङ र नगरकोट बन्नसक्छन्।
 
    कर्णालीको पर्यटकीय सम्भावनालाई केलाउने हो भने तत्कालका लागि पद यात्रा नै पर्यटनको बढी आकर्षण देखिन्छ। कर्णाली नदिको पश्चिमी किनाराबाट सुरु भएको पदयात्रा पर्यटकको इच्छा अनुसार जहाँ पनि जानसक्छ। नदीको किनारै किनार उत्तरी क्षेत्र हुम्ला, मुगु र पूर्व डोल्पा जिल्लाका साथै सुर्खेत लगायत बिभिन्न भू–भागको यात्रा गर्न सकिन्छ। विभिन्न भागसम्म पैदल यात्रा गर्न सकिने अवस्था छ जहाँ पर्यटकीयस्थलका अतिरिक्त विविध संस्कृतिको अवलोकन गर्न सकिन्छ। यि माथि उल्लेखित सुन्दर सुन्दर ठाउँ तथा कर्णालीको यथार्थ सामाजिक, आर्थिक र साँस्कृतिक जनजीवनलाई प्रतिविम्वित गर्ने खालका तस्वीरहरु राखी “कर्णाली फोटो यात्रा नामक“ फोटो प्रर्दशनी गर्न लागिएको हो। जस्ले कर्णाली क्षेत्रको थोरै भएपनि पर्यटन विकास, विस्तार र प्रचार गरी त्यहाँ गरीवीमा न्यूनिकरण मा सहयोग पुर्‍याउने उद्देश्य यस प्रर्दशनीको रहेको छ।
 
कर्णाली फोटो प्रर्दशनी किन  रु
ड्ड    कर्णालीका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्ने स्थानीय सरकारी तथा गैरसरकारी निकायहरू र स्थानीय पर्यटन उपभोक्ता समूहहरूलाई क्रियाशील र सहभागी बनाई तिनीहरु संरक्षणार्थ खस वा कर्णाली संग्रालय स्थापनमा सहयोग पुर्‍याउने।
ड्ड    कणालीका पाँचवटै जिल्लामा प्राकृतिक, साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेेत्रको विस्तृत अध्ययन गरी तिनको संरक्षण तथा संवर्द्धनका अतिरिक्त प्रचार प्रसारको सहयोग पुर्‍याउने। 
ड्ड    कर्णालीका क्षेत्रभित्रका मूर्त तथा अमूर्त सम्पदाहरूको सूची तयार पारी विश्वसम्पदा सूचीमा पर्नसक्ने क्षेत्रलाई सूचिमा पार्न सहयोग पुर्‍याउने। 
ड्ड    पहिलो चरणमा कर्णालीका पर्यटन बजारका सम्भाव्य मुलुकहरू भ्ाारत र चीनलाई केन्द्रित गर्नुका साथै अन्य क्षेत्रीय मलुकहरू ज्ाापान, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, बङ्गलादेश आदिमा पर्यटन प्रवर्द्धन सम्बन्धी कर्णालीका गतिविधिको प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ। त्यसपछि विश्वका अन्य मुलुकसँग पनि यो क्रमलाई जोड्न सहयोग पुर्‍याउने।
ड्ड    कर्णालीमा निश्चित पर्यटन केन्द्रहरू निर्धारण गरी कार्यक्रमहरू एकीकृत तथा प्रभावकारी गर्दै जाने उद्देश्यले कर्णाली पर्यटन विकास समिति नेपाल सरकारका तर्फबाट तुरुन्त गठन गर्न सहयोग पुर्‍याउने।
ड्ड    कर्णालीका पर्यटकीय तथा साँस्कृतिक सम्पदाबारे प्रचार गर्न अन्तर्राष्ट्रियस्तरका सेमिनार, आप्रवासिहरुका सम्मेलन कर्णालीको उपर्युक्त स्थानमा गरिनुका साथै पर्यटन उद्योगको विविधिकरणका लागि चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरी 'नेपाल पर्यटन वर्ष २०११' सहयोग पुर्‍याउने। 
ड्ड    जुम्लाको सिंजा, डोल्पाको साल्दाङ्ग, कालिकोटको रास्कोट र मुगुको करान भोट जस्ता ठाउँमा रहेको महत्वपूर्ण पुरातात्विक सम्पदा र सँस्कृतिकोे संरक्षण तथा त्यस क्षेत्रमा न्यूनतम् पूर्वाधारको विकास गरेर ती ठाउँहरुलाई खुल्ला संग्रालयको रुपमा सरकारले घोषण गर्न दबाव दिने।
ड्ड    कर्णालीका पर्यटकीय आर्कषणका स्थलहरुमा बढि भन्दा बढि पर्यटक भित्रयाउन न्यूनतम आवश्यक पूर्बाधार हुनु अत्यन्त जरुरी हुन्छ। यसका लागि नेपाल सरकारले यस आर्थिक वर्ष देखि पर्यटन विकास तथा अन्य विकासमा बजेटको बाँडफाड गर्दा भूगोलको आधारमा गर्न बाध्य बनाउने।
ड्ड    नेपाल सरकार र सम्बन्धित निकायलाई कर्णालीका जनप्रतिनिधिहरूले सम्बन्धित निकायलाई संयुक्त रूपमा आवश्यक पूर्वाधारको विकासका लागि घच्घच्याउन सहयोग पुर्‍याउने भने अर्कोतिर कणालीवासीले आफ्नो वरिपरिको वनजङ्गल, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला, मौलिक संस्कृति आदिको संरक्षण गर्नमा  सहयोग पुर्‍याउने यस कणाली फोटो प्रर्दशनीको  उद्देश्य रहेको छ।
ड्ड    कर्णालीको रितिरिवाज चाल चलन, संस्कृति र वातावरण परिर्वतनले पारेको प्रभाव वारे जानकारी दिनु पनि यस प्रर्दशनीको उद्देश्य रहेका छ।
यस प्रर्दशनीमा हिमग्याप टासी लामा, गोरख विष्ट र दिलिप थापा मगर सहित पाँच जना फोटो ग्राफरका तस्विरहरु रहेका छन्।
 
 
सबै सञ्चारकर्मी मित्रहरूलाई सहयोगका लागि धन्यवाद!―
 
 
172172172172172172172172172172172))))))))))
राजु कार्की                                              मितिः २०६६।०३।१८
अध्यक्ष
आयोजकः कर्णाली पर्यटन विकास मञ्च नेपाल
सम्पर्कः ९८४१२९७६४४, ९८५१०३६१६०, ९८४१४९९६०९
 
 

Adventure Side

Adventure tourism in Nepal dates back to the early attempts to ascend world's highest peak Mt. Everest fifty years ago.

NTB Downloads

Sample image eBrocures, eCards,Maps,
Presentations, Videos

NTB Directory

Sample image Domestic Airlines
Hotels, International Airlines
Rafting, AgenciesResorts
Travel Agencies, NTB Affiliates